ग्रामिण पहुँच परियोजना जागिर खाने थलो बनेपछि जनप्रतिनीधिको आक्रोष

2350
views

महेन्द्र जिसी
पर्वत, ३०, भदौ । ग्रामिण पहुँच परियोजना तेस्रो चरणमा पुगेपनि पर्वतका ग्रामिण सडकको अवस्था भने शुरुकै चरणमा छन । गाउँमा सवारी पु¥याउने भन्दै बर्षेनी परियोजनामा पैसा खन्याएपनि सडक सुधारमा पिरवर्तन आएको छैन् । उक्त परियोजना गतवर्षदेखी सञ्चालनमा रहेको छ तर सडकको स्तर वृद्धि हुन सकेको छैन् । सरोकारवालाहरुले तीनवर्षदेखी सडकको अवस्था उस्तै रहेको बताउँछन् । सदरमुकाम कुश्माको नाकाबाट जोडिएका दक्षिणीका सडकको अवस्थामा स्तरवृद्धि भएको छैन् भन्दै जनप्रतिनीधिका गुनासा बढेका छन् । सबैभन्दा बढी विग्रिएका सडक मध्ये जिल्लाको सिल्मी, ठुली पोखरी, कार्कीनेटा र कुश्मा–फलेवास जोडने सडक हुन् । उक्त सडकमा भएको काम सन्तोषजनक नभएको जनप्रतिनिधिहरुको भनाई छ ।
सडकको काममा ढिला सुस्ती
पहिलो सम्झौता पछि तीन पटक म्याद थप भएका सडकहरुको काममा ढिला सुस्ती बढेको छ । सडकको स्त्तरउन्नतीमा ढिला सुस्ती बढ्नुको मुख्य कारण परियोजनाकै लापरवाही भएको जनप्रतिनििधहरुले बताएका छन् ।
सिल्मी कार्कीनेटा सडकको म्याद सकिएपछि तीन पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले काम सम्पन्न नगर्ने तर परियोजनाले म्याद थप्नु नै लापरवाही हो महाशिला गाउँ पालिकाका अध्यक्ष राजु पौडेलले बताए ।
पौडेलले सडकको अवस्था विग्रिदाको दोष सर्वसाधरणलाई लगाउने कि परियोजनालाई परियोजनाले म्याद नथपी कार्वाही गर्नुपर्ने पौडेलेको भनाई छ । ¥याप थ्रीले जिम्मा लिएपछि सडकको अवस्था झनै विग्रीएको प्रतिनिधिहरुको आरोप छ उनीहरुले मोडालिटि परिवर्तन नगराएमा आगामी कार्यक्रम थप्नुको अर्थ नरहेको समेत बताए ।
परियोजनालाई तलब खाने थलो
परियोजना थपका विषयमा जिल्लाका सात वटै तहका प्रमुखहरुबीच छलफल भएको छ । छलफलमा ग्रामीण पहूँच परियोजना जागिर खाने थलो भएको ठहर गर्दै ५५ वटै गाविस समेटेएिको परियोजनाको बार्षिक प्रगति काम सन्तोषजनक नभएको भन्दै जनप्रतिनीधिहरुले आक्रोष व्यक्त गरेका हुन् ।
प्राविधिकलाई जनप्रतिनीधिको आरोप
३२ वटा सडक प्रथामीकतामा राखेर सञ्चालनमा रहेको परियोजनाका प्रविधिकसँग सडकको अवस्थाको जानकारी नहुनु प्राविधिकहरुको गैर जिम्मेवारी भएको उनीहरुले बताए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भने प्राविधिकले तलव मात्र खाने कि जिम्मा पनि पुरा गर्ने ?  शर्माले वर्षेनी लगानी गर्दै भत्काउँदै जाने परिपार्टीको अन्त्य गर्दै र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले गाउँ र नगरका बस्तीमा पुग्ने मुख्य सडक १६ मिटर कायम गराएर स्तर वृद्धि गराउनु पर्ने बताए ।