बुद्ध एयरको पोखरा–भरतपुर र भैरहवा उडान शुरु

773
views

नवदृष्टि संवाददाता
पोखरा, ३० भदौ । बुद्ध एयरले पोखराबाट भैरहवा र चितवनको भरतपुरसम्म सीधा उडान गरेको छ । अब पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहा सहित अर्को गन्तव्य लुम्बिनी उडानले जोड्ने छ ।
उडानले स्थलमार्ग अवरुद्ध हुँदा पोखराबाट चितवन र भैरहवा आवतजावत गर्न यात्रुलाई ठूलो राहत हुनेछ । बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले आज देखी पोखराबाट भरतपुर र भैरहवासम्म सीधा उडान गर्ने जानकारी दिए । दुबै ठाउँमा दैनिक एक एकवटा उडान गर्ने तयारी गरेको उनले बताए ।
१८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजबाट पहिलो चरणमा उडान सुरु गर्ने बरालको भनाई छ । पोखरा भरतपुरका लागि नेपालीलाई ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क लाग्ने छ भने पोखरा भैरहवाका लागि नेपालीलाई ४२ सय र विदेशका लागि ९७ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ ।