बैधानिक जनसरकार चलाउने प्रचण्डको उद्घोष

649
views

नवदृष्टि संवाददाता
रुकुम, ३१ भदौ । थवाङ पुगेका माओवादी केन्द्रका अधयक्ष प्रचण्डले बैधानिक सरकार चलाउने घोषणा गरेका छन् । प्रचण्डले भने ‘हिजो जनयुद्धकाल थियो त्यो बेला माओवादीले नै जनसरकारको सुरुवात गरेको थियो ‘अब वैधानिक रुपमा जनसरकार चलाउने हो ।
रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गरे । ‘रुकुम जिल्लाका सबै तहमा माओवादीले विजयी हासिल गर्यो । यसमा तपाईहरुलाई बधाई छ’, प्रचण्डले भने, ‘यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ ।’
प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएको तर उन्मादका कारण दोस्रो संविधानसभाको चुनावमा तेस्रो पार्टी हुनुपरेको स्वीकार गरे। ‘हामी ०६४ सालको संविधान सभाको पहिलो चुनावमा पहिलो पाटी भयौँ अनि हामीमा उन्माद चढ्यो र दोस्रो चुनावमा चिप्लिएर तेस्रो पार्टी हुन पुग्यौँ’, प्रचण्डले भने।
शनिबार महोत्तरीबाट रुकुम पुगेका प्रचण्डले मधेस पूरै माओवादीमय भएको र अबका सबै चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी समेत गरे ।