नवदृष्टि संवाददाता
सर्लाही, २, असोज । सर्लाही ईश्वरपूरका भैरव बहादुर दमैले मलाई ठाम छाड्देउ त भोट दिनुप¥यो भन्दै थिए । उनी उमेरले ११६ बर्षका पुगेका रहेछन् । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत् सर्लाहीको ईश्वरपुरमा उनले मतदान गरेका हुन् ।
उनले ईश्वरपुर नगरपालिका वडा नम्बर–१४ मा रहेको जनता आधारभूत विद्यालय हरकठवा केन्द्रबाट मतदान गरेका हुन् । सोमबार सहयोगीका साथ मतदान केन्द्र पुगेका दमाइँबाटै मतदानको सुरुआत गरिएको ईश्वरपुरका निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेले बताए ।