३७ हजार दुईसय ३६ उम्मेदवारको मत मतपेटीकामा कैद

1913
views

काठमाडौं । स्थानीय तहको तेस्रो चरणमा निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका ३७ हजार दुई सय ३६ जना उम्मेदवारको मतपत्रलाई बाकसमा बन्द गरिएको छ ।
शान्तिपूर्ण तरीकाले उत्साहजनक सहभागितामा निर्वाचनको परिणाम पाँच दिन भित्र सार्वजनिक गरिसक्ने गरी उम्मेदवारहरुको मतपत्रलाई मतदान पश्चात बाकसमा बन्द गरिएको हो ।
एक सय ३६ वटा स्थानीय तहमा निर्वाचन गराउँदा एक अर्व ७५ करोड रुपैया खर्च भएपनि २० वर्षपछिको यो मतदानलाई मतदाताले चाडकै रुपमा मनाएका छन् ।