म्याग्दी, २, असोज । बेनी नगरपालिका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । बेलायतमा रहेका पात्लेखेत वाखेतका ओम रोकाको संयोजनमा संकलित तिन लाख ५५ हजार ७२५ रुपैया कोषमा जम्मा गरिएको हो ।
बेलायतमा बस्ने पात्लेखेतका बासिन्दाको प्रतिनिधित्व गर्दै रामबहादुर राम्जालीले वडा अध्यक्ष रोकालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । उक्त कोष प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा स्थापना गरिएको थियो ।
स्थापीत कोषले पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा अध्यक्ष रिम रोकाले जानकारी दिनुभयो । गत साउन महिनामा स्थापना भएको उक्त कोषमा नागरीक स्तरबाट पाँच लाख रुपैया जुटीसकेको छ ।
यसअघि स्थानीय व्यक्ति र प्रवासीहरुबाट डेढ लाख रुपैया भन्दा बढी सहयोग जुटिसकेको छ । कोषमा रकम अझै बढाउने लक्ष्य रहेको छ । पात्लेखेत म्याग्दीमा पहिरोको उच्च जोखिममा रहेको बस्तीको सुचिमा अगाडी छ ।