महेन्द्र ज्योतिमा अनेरास्ववियु गठन

923
views

विकासराज पौडेल । असोज, ३ पर्वत । अनेरास्ववियु पर्वतको संगठन विस्तार अभियान अन्तर्गत पर्वतको महाशिला गाउँपालिका–५ लुङखु देउरालीको महेन्द्र ज्योति माविमा अनेरास्ववियु गठन भएको छ । अध्धयनरत विद्यार्थीहरुको एक भेलाले ११, १२ तर्फ शुसिल सुवेदीको अध्यक्षतामा २९ सदस्य र ९,१० तर्फ प्रदिप वि.कको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु महेन्द्र ज्योति मावि प्रारम्भिक कमिटी गठन गरेको हो ।
कार्यक्रममा अनेरास्ववियु पर्वत क्षेत्र न. २ का अध्यक्ष मोहन पौडेल र जनप्रिय क्यापस पोखराका कमिटि सदस्य सन्तोस पौडेलको उपस्थिति रहेको थियो ।