उच्च सर्तकता भरतपुरको यात्रा, महोत्तरीमा काँडेतारको जात्रा !

1923
views

काठमाण्डौ, ३, असोज । सभ्य नेता भएको देशका नागरिकहरु पनि सभ्य हुनु स्वभाविक नै हो । तर नेताले नै असभ्य पाठ सिकाएपछि उक्त देशका नागरिकहरुको पनि उहि चाल न हो । भरतपुर महानगरपालिकामा मतपत्र च्यातेपछिको यात्राले महोत्तरीमा काँडेतारको जात्रा गर्नुपरेको हो ।
भरतपुर काण्डबाट त्रसिदै मतगणना स्थलमा उच्च सर्तकता अपनाउदै अधिकाँस मतगणना स्थलमा ग्याविङ र काँडेतारको जाली लगाइएको छ । मतगणनाका लागि ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ । भरतपुर महानगरपालिकामा मतगणनाले त्रस्याएपछि प्रदेश नं २ मा यस्तो सर्तकता अपनाइएको हो । अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली लगाइए पनि महोत्तरीको बर्दीबासमा सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतारको समेत प्रयोग गरिएको छ । सभ्य नागरिकहरु भएको समाजमा मतगणनास्थलमा यस्तो जात्रा कहीँ कतै देख्न पाइँदैन ।
तर, नेपाली राजनीति भने सभ्यतातर्फ भन्दा पनि बर्बरतातर्फ उन्मुख हुन लागेको हो कि भन्ने यसले प्रश्न उठाएको छ । तथापि मतगणनास्थलमा सुरक्षाका लागि अपनाइएको पूर्वसचेतनाले गर्दा भरतपुर काण्ड दोहोरिने सम्भावनालाई पक्कै पनि न्यून गर्ने अनुमान गर्न सकिन्छ ।