सविधान दिवसको अवसरमा महाशिला गाउँपालिकाले गर्यो बक्तृत्वकला प्रतियोगिता

1497
views

पर्वत, ४, असोज । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान जारी भएको दुई वर्ष पुरा भएको छ । सोही अवसरमा विविध कार्यक्रमका साथ सविधान दिवस मनाइएको छ । पर्वतको महाशिला गाउँपालिकाले माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी सविधान दिवस मनाएको हो ।
प्रतियोगितामा ६ विद्यालयका १२ छात्र, छात्राको सहभागिता रहको थियो । नेपालको सविधान २०७२ विषयक बक्तृत्वकला प्रतियोगितामा छात्रा तर्फ हिमा पौडेल प्रथम, पुजा लामिछाने द्धितिय, शर्मिला सुनार तृतिय र सिर्जना पौडेल सानत्वना भएका छन ।
त्यस्तै छात्र तर्फ महेन्द्र ज्योति माविका लुंखुका केशव पौडेल प्रथम, स्वधर्म मावि पाखापानीका मिन प्रसाद रेग्मी द्धितिय र विश्व ज्योति माविका संजय आले तृतिय भएका छन । विजयी विद्यार्थीहरुलाई नगद पुरुस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा स्रोत व्यक्ति चेत प्रसाद लामिछाने, कार्यकारी प्रमुख पितम्बर रिमाल, वडा न. ५ का वडाअध्यक्ष जिवन उच्चै ठकुरी लगायत बोल्नु भएको थियो । कार्यक्रममा महाशिला गाउँपालिका भित्रका वडा अध्यक्ष सदस्य, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।