माधव नेपालको वडामा राजपा नेपालको प्यानलै विजयी

1296
views

गौर, ४, असोज । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपा नेपालको प्यानलै विजयी भएको छ ।
नेपालको घर गौर नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा राजपा नेपालका राकेशकुमार झा सहितको प्यानल विजयी भएको हो ।
उक्त वडामा एमालेका तर्फबाट राजपा नेपालका झा उठेका थिए । उनले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई पराजित गरेका हुन् ।
वडाध्यक्षमा विजयी झाले ३७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वनद िएमालेका यादवले १५० मतमात्रै पाएका थिए । स्वतन्त्र उम्मेदवार राजिनन्द साहले १२७ मत प्राप्त गरे ।
गौर नगरपालिकाको मेयर र उपमेयरमा भने एमालेको अग्रता कायमै छ । गौरमा माधव नेपालकै पहलमा उम्मेदवानको टिकट पाएका थिए ।