बिदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता–प्रचण्ड

2062
views

–एमालेसँग मिल्ने फगत हल्ला
–बाबुराम जि टाढा पुग्नु भो एकता हुँदैन
–चुनावी तालमेलमा नयाँ शक्ति बाईपास

नवदृष्टि संवाददाता
गोरखा, ४, असोज । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशीहरुको हस्तक्षेप रोक्नका लागि आफुले प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिको आवश्यकता महसुस गरेको बताउनुभएको छ ।
पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन आज गोरखा आइपुग्नुभएका अध्यक्ष प्रचण्डले गोरखाको दशकिलोमा पार्टीले आयोजना गरेको प्रशिक्षणका क्रममा भएको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । सो अवसरमा प्रचण्डले भन्नुभयो ‘म प्रधानमन्त्री छँदा नै देश र जनताले जित्नुपर्छ भनेको थिएँ, मैले हारेर पनि देशलाई जिताएको छु ।’

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा शेरबहादुर देउवा, केपी ओलीलगायत मधेशबादी दलका नेताहरु पनि भएको बताउँदै पहिलो संबिधानसभाका बेला कांग्रेस, एमाले र मधेशी दलहरु यो एजेण्डामा सहमत नै हुनुहुथ्यो । देउवा, ओलीसंग अहिले पनि यो एजेण्डाबारे छलफल भइरहेको छ । आउँदो निर्वाचनपछि संबिधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ब्यबस्थामा जानुपर्छ ।’
–एमालेसँग मिल्ने फगत हल्ला
अध्यक्ष प्रचण्डले नेकपा एमालेसंग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा स्पष्ट पार्दै सतहमा आएका कुरा गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा नै एमालेसँग मिलेको हुँु । एमालेसँग मिलदाको नतिजाले देश यहाँ सम्म नआउने देखेर नै दोस्रो कदम चालेको हुँ । फेरी पनि एमालेसँगै मिलेर सरकार बनाउने कुरा फगत हुन् ।’ प्रचण्डले यहि सरकारले नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने बताउनुभयो ।
–बाबुराम जि टाढा पुग्नु भो एकता हुँदैन
नेकपा माहोवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई दुर्भाग्य या संयोगले हेर्दाहेर्दै धेरै टाढा पुगेको बताउनुभयो । प्रचण्डले ‘बाबुरामजीलाई एकतामै ल्याउनलाई धेरै आग्रह गर्दागर्दै अझै पर पुगेको बताउनुभयो । प्रचण्डले बाबुराम भट्टराईसाग पनि तालेमल हुने सम्भावना नरहेको बताउनुभयो । प्रचण्डले जहाँ जो संग तालमेल गर्न सजिलो पर्छ त्यहाँ तालमेल हुने जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले गोरखामा कोही कसैसंग तालमेल नगर्ने बताउँदै माओबादी एक्लै चुनाव लड्ने र विजयी हुने दाबि गर्नुभयो ।’
–चुनावी तालमेलमा नयाँ शक्ति बाईपास
अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनीधि सभाको चुनावी तालमेलमा नयाँ शक्तिबाहेक अरु दलहरुसंग आउँदो निर्वाचनमा तालमेल हुने बताउँदै सबै प्रकारले टाढा पुगेका भट्टराईसँग तालमेल नहुने बताउनुभयो ।
गोराखामा आज प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हितराज पाण्डे, देव गुरुङ, देवेन्द्र पौडेल, सहरी बिकास राज्यमन्त्री छमबहादुर गुरुङलगायत केन्द्रिय नेताहरुको उपस्थिति रहेको छ ।