गोरखामा भुकम्प प्रतिरोधी घर बने, भूकम्प पीडितमा खुसी

2261
views

गोरखा, ५, असोज । नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत जिल्लाको सिरान्चोक गाउँपालिक–७ श्री नाथकोटमा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् ।
भुकम्प प्रतिरोधी घरहरु निर्माण भएपछि गाउँलेहरु खुसीले गद्गद् भएका हन् । सत्र थरीका घर चित्रमा मात्रै देखेका यहाँका नागरिकहरु वास्तविक भूकम्प प्रतिरोधी घर देखेर खुस भए । चन्द्रोदय माध्यमिक विद्यालयले प्रयोग गर्ने गरी सिम्लेमा निर्माण गरिएको घर एक कार्यक्रमका वीच गोरखा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले समुदायलाई हस्तान्तरण गर्नुभएको छ ।
सो अवसरमा भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गर्दै गुरुङले सँधै दाताहरुको भर पर्न नहुने भन्दै भवनको संरक्षणमा जुट्न गाउँलेहरुलाई आग्रह गर्नुभयो । सिरान्चोक गाउँपालिका अध्यक्ष राजु गुरुङले सँधै अरुको भर पर्न नहुने भन्दै सिरान्चोकलाई समृद्द बनाउन आफू लागि परेको बताउनुभयो ।
शिक्षा विना समाजको परिवर्तन नहुने भएकाले सर्वप्रथम शिक्षा क्षेत्रको सुधारका लागि आफूले काम गरिरहेको उहाँको भनाई थियो । सबै भूकम्प पिडितहरुले यहाँ भनको नमुना घर हेरेर सोही अनुसार आफ्नो घर बनाउनुपर्ने उहाँले बताउनुभयो । समय व्यवस्थापन गरेर आमा समूह, घर निर्माण गर्ने कालिगढ, लगायत साविस गाविसका सबै नागरिकहरुलाई नमुना घर देखाएर सोही अनुसार घर निर्माणका लागि जागरुक गराउन उपशाखालाई उहाँले आग्रह गर्नुभयो ।
भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले गोरखाका नौ वटा वडामा खानेपानी, शिक्षा, स्वास्थ्य तथा सरसफाई, सिञ्चाई, जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । भूकम्प पीडितहरुको स्तरउन्नतीका लागि नेपाल रेडक्रस सँधै लागि परेको पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका उप–सभापति शंकर बहादुर कुँवर, श्रीनाथकोट उपशाखाका सभापति मेघविलास ढकाल, जग्गादाता चन्द्र बहादुर भुजेल,चन्द्रोदय मा.वि.का प्रधानाध्यापक इमानसिं गुरुङ, नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपसभापति दिपक श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।