म्याग्दीमा आयोजित तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा

2072
views

म्याग्दी, ५ बेनी । बेनीमा बिहीबार सम्पन्न धौलागिरी कै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ । कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एकलाख २५ हजार र सत्तरी हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सेमिफाईनलबाट बाहिरीएका एभरग्रिन र म्याग्दी प्रहरीले दशहजार रुपैयाँ प्राप्त गरेका छन् । म्याग्दी प्रहरीले अनुशासीत टिमको उपाधी सहित थप पन्ध्र हजार रुपैयाँ पनि पाएको छ । कालीपुलका रमन श्रेष्ठ सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी, वौद्धका बजय सिङ उत्कृष्ट डिफेण्डर, वौद्धका बिमल थापा उत्कृष्ट गोलरक्षक, कालीपुलका किरन भट्टराई उत्कृष्ट मिडफिल्डर र वौद्धका टोप बिष्ट उत्कृष्ट स्ट्राईकरको उपाधी सहित नगद छ हजार रुपैयाँका दरले पुरस्कृत भए भने वौद्धका लाल म्यान अफ द म्याच घोषीत भए ।