एकिकृत तादी विकास समाज नेपालका कर्मचारीले दिए बाढीपीडितलाई एकदिनको तलब

2159
views

नुवाकोट, ६, असोज । एकिकृत तादी विकास समाज नेपाल नुवाकाेटमा कार्यरत कर्मचारीहरुले बाढीपीडितलाई एकदिनको तलब दिएका छन् ।

देशका विभिन्न ठाउँमा गएको बाढी परिहोका कारण विस्थापीतसँगै घरवास विहिन भएका पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्वेश्यले एकदिनको तलव प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको तादी विकास समाज नेपाल नुवाकाेटका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

उक्त २६ हजार रुपैयाँ सहयोग सम्बन्धिको कागज अध्यक्ष राम श्रेष्ठद्वारा प्रमुख जिल्ला अधिकारी जगदिश बराललाई हस्तान्तरण गरिएको थियो ।