‘मुटुको ढुकढुकी’ बजार आउने तयारीमा

2154
views

पर्वत, ७ असोज । चर्चित युवा कलाकार अमिर सुवेदीले पछिल्लो समयमा नयाँ खालका दोहोरी एल्बमहरु बजारमा ल्याएका छन् । सुवेदीले यसअघि आँखा रसाउने लोक दोहोरी एल्बम ‘तिम्रै चिन्ता, स्रोता दर्शकका माझ बजारमा ल्याएका थिए । थुप्रै गितहरु बजारमा ल्याएका सुवेदीले बडा दशैंको अवसरमा ‘मुटुको ढुकढुकी’ बजारमा आउन लागेकोे बताए ।
उनले भने ‘मैले स्रोता दर्शकका माझ ल्याएका पछिल्ला गितहरु मुटु छुने खालका बनेका छन् , यसपाली पनि त्यस्तै एल्बम बन्न पुग्यो जुन एल्बम हो ‘मुटुको ढुकढुकी’ ।’
‘मुटुको ढुकढुकी’ दोहोरी गितमा स्वर अमिर सुवेदी र चर्चाकी गायिका देवी घर्तिको रहेको छ । गितमा लय अमिर सुवेदी र शब्द गोपाल सापकोटा क्षेत्रीको रहेको छ । सो गितलाई अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो ।