सत्ता दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच भएकोले चुनाव हारेको एमालेको निष्कर्ष

2057
views

काठमाण्डौ, ७ असोज । सत्ताको दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच भएका कारण प्रदेश नम्बर २ मा हार बेहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा मतदाताले सामाजिक सद्भाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न नसकेको जिकिर गरिएको छ ।
सत्ताको आडमा पैसाको खोलो बगाइयो । व्यापक धाँधली, सत्ताको चरम दुरुपयोग र सरकारको अलोकतान्त्रिक गतिविधिमार्फत तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीलाई कमजोर बनाउने प्रयास गरियो’, प्रतिवेदनमा ओलीले भनेका छन(‘आफ्ना पक्षमा नलाग्ने प्रहरी अधिकारीलाई रातारात सरुवा गरेर परिणाम पक्षमा पार्ने प्रयास भयो ।
प्रदेश नम्बर २ का जनताले सामाजिक सद्भाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न पाउनुपथ्र्यो तर त्यस्तो स्थिति सिर्जना हुन नसक्नु दुःखद छ ।’ एमाले अध्यक्ष केपी ओलीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुविधाजनक बहुमत हासिल गर्ने लक्ष्यका साथ पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरेका छन् ।
शुक्रबारबाट सुरु भएको बैठकमा २३ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सन्निकट दुवै निर्वाचनमा सुविधाजनक बहुमतका लागि दसबुँदे योजनासमेत प्रस्ताव गरेका छन् ।
‘प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सकिइसकेको परिप्रेक्ष्यमा अबको हाम्रो कामको मुख्य केन्द्रबिन्दु आगामी निर्वाचनको तयारी हुनेछ भने मुख्य लक्ष्य दुवै तहको निर्वाचनमा सुविधाजनक बहुमत हासिल गर्ने हुनुपर्छ,’ प्रस्तावमा भनिएको छ, ‘यसका लागि पार्टीको आन्तरिक संगठनात्मक सामथ्र्य र जनताको समर्थन मुख्य आधार हो ।
तर, हामीले यी निर्वाचनमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, अग्रगमन, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षधर शक्तिलाई पनि सँगै लिएर अगाडि जाने नीति लिनुपर्छ, यसका लागि स्थायी कमिटीले आवश्यक योजना बनाउनेछ ।’