सप्तरीमा एमाले विजयी, कन्चनरुप मेयरमा बसन्त मिश्र

1544
views

राजविराज, ८ असोज । सप्तरीको कन्चनरुप नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका पूराना नेता बसन्त मिश्र ५०४२ मत प्राप्त गरी कन्चनरुप नगरपालिकाको मेयरमा निर्वाचति भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललन गुप्ताले ४२७५ मत प्राप्त गरे ।
उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल बिजयी भएकी छन् । उनले ४७५८ मत प्राप्त गरेर बिजय हासिल गर्दा एमालेक आशरादेवी चौधरीले ४५२२ मत प्राप्त गरेकी छन् । यसअघि एमालेले जिल्लाको सप्तकोशी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा जितेको थियो ।