शेन वार्नलाई पोर्न स्टारमाथि हातपातको आरोप

2145
views

लण्डन । अस्ट्रेलियन पूर्व क्रिकेटर शेनवार्नमाथि एक पोर्ने स्टारमाथि हातपात गरेको आरोप लागेको छ । वार्नले एक नाइटक्लबमा भएको भनाभनका क्रममा लण्डनमा काम गर्ने भालेरी फक्स नाम गरेकी पोर्न स्टारमाथि हातपात गरेको आरोप लगाइएको हो ।
३० वर्षीया भालेरी फक्सले वार्न्विरुद्ध प्रहरीसमक्ष उजुरी दर्ता गरेकी छिन् भने ट्वीटरमा चोट लागेको अनुहार सेयर गरेकी छिन् । द सनका अनुसार शुक्रबार राती दुई जनाबीच भनाभन भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यसपछि भालेरी अनुहार समात्दै भुइँमा लडेको देखिएको बताइएको छ ।
स्थानीय प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताएको छ र घटनाबारे जाँच गर्न क्लबको सिसिटिभी फुटेज मगाएको छ ।भालेरी र वार्नसँगै क्लब गएका थिए वा त्यहाँ भेटेका थिए भन्ने यकिन भएको छैन ।
वार्न हाल इंग्ल्याण्डका क्रिकेट कमेन्टेटरका रुपमा कार्यरत छन् । वार्न यस्तो घटनामा मुछिएको पहिलो पटक भने होइन । उनी प्लेब्वाई क्रिकेटरका रुपमा परिचित छन् ।
सन् २००० मा वार्नले एक बेलायती नर्सलाई सेक्स मेसेज पठाएको पुष्टि भएपछि उनलाई अस्ट्रेलियन क्रिकेट टोलीको उपकप्तान पदबाट हटाइएको थियो । पाँच वर्षपछि वार्नले धोका दिएको आरोप लगाउँदै उनको श्रीमति सिमोन कालाहानले सम्बन्धविच्छेद गरेकी थिइन् । त्यसपछि कालाहान पुनः वार्नसँग फर्किए पनि सन् २००७ मा अर्को युवतीलाई पठाउनुपर्ने मेसेज गल्तीले कालाहानलाई पठाएपछि उनले पुनः वार्नलाई छाडेकी थिइन् । वार्नले बेलायती मोडल एलिजाबेथ हर्लेसँग इन्गेजमेन्ट गरे पनि तीन वर्षपछि दुवै अलग भएका थिए ।