परिवर्तन पक्षधरसँग तालमेल हुन्छ–शर्मा

2210
views

नवदृष्टि संवाददाता
बागलुङ, ८ असोज । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने छ भन्नुभयो । नेता शर्माले निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको बताउँदै स्थानीयस्तरमा पार्टीको हित र अनुकूलता हेरेर तालमेलमा जान सकिने धारणा राख्नुभयो ।