गोरखा क्षेत्र नं.२ को प्रदेशसभा १ मा उम्मेदवारी दिने भट्टराइको घोषणा

1348
views

काठमाण्डौ । नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि पदमप्रसाद भट्टराईले गारखा क्षेत्र नं. २ को प्रदेशसभा १ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आगामी मंसिर १० मा हुने चुनावमा आफ्नो उम्मेदवारी दिने पक्का भएको उनले बताउनुभयो । कांग्रेस गोरखाले उम्मेदवारी दिने नेताहरुको आवेदनमा उहाँको समेत नाम परेको छ ।
गोरखा खोप्लांगका भट्टराई ईमान्दार, सक्षम, प्रष्ट बक्ताको रुपमा परिचित रहनुहुन्छ । पार्टीभित्र शेरबहादुर देउवा निकट मानिने पदम भट्टराई गोर्खाका चर्चित युवा नेता तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेसँग पनि निकट मानिनुहुन्छ ।
२०४६ सालको जनआन्दोलन देखि नै नेविसंघ अस्कल क्याम्पसदेखि विद्यार्थी राजनीति गर्दै केन्द्रिय राजनीतिमा नजिक हुन् पुग्नुभएका भट्टराई युवा पंक्तिमा निकै लोकप्रिय हुनुहुन्छ । व्यक्तिगत स्वार्थ भन्दा सधै पार्टीको हितमा लागिरहेकोले अहिले आफ्नो उम्मेदवारी जायज र आफूमाथि न्याय हुने भट्टराईको दाबी रहेको छ ।
नाता, सम्बन्ध, पुर्खा र रगतको साइनोले पार्टी नचल्ने भन्दै भट्टराईले विचार, क्षमता र पार्टीको चिन्तनको आधारमा टिकट बाड्नुपर्ने भनदै आफुले टिकट पाएको खण्डमा जित्ने दाबी समेत गर्नुभयो । उक्त क्षेत्र नं. २ को प्रदेशसभा १ मा माओवादीको बर्चस्व रहेको क्षेत्र हो ।