डाक्टर केसीले गरे अनसन बस्ने आकस्मिक निर्णय

2211
views

काठमाण्डौ, ९ असोज । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राखी संघर्ष गर्दै आएका डा. गोविन्द केसी सोमबार ११ बजेदेखि पुनः अनसन बस्ने भएका छन् । सरकारले चिकित्सा विधेयक पारित गर्न लागेको थाहा पाएसँगै त्यसको विरोधमा अनसन बस्ने भएका हुन् ।
समितिमा रहेका मेडिकल कलेजका सञ्चालक राजेन्द्र पाण्डेसहितका सांसदले विधेयकलाइ जनमुखी हुनबाट रोकेका थिए । चिकित्सा शिक्षा विधेयकप्रति डा. केसीले असन्तुष्टि जनाउँदै आएका छन्। यसअघि सो विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको कार्यदलले पारित गरिसकेको छ ।
समितिमा रहेका मेडिकल कलेजका सञ्चालक राजेन्द्र पाण्डेसहितका सांसदले विधेयकलाइ जनमुखी हुनबाट रोकेका थिए। त्यतिबेला डा. केसी अनसनमा थिए। सरकारले सो विधेयकलाइ पूर्ण संसदमा लैजाँदा उनका माग समेट्ने प्रतिबद्धता जनाएर अनसन तोडाएको थियो ।
सो सहमतिविपरति केही दिनअघि विधेयकलाइ पूर्ण संसदमा दर्ता गराइएको थियो। संसदको सोमबारको कार्यसूचिमा सो विधेयक राखिएको कारण केसीले अनसन बस्ने भएका हुन् । विधेयकमा पहिले नै आसयपत्र लिएर भौतिक पूर्वाधार तयार पारिसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएको भन्दै डाक्टर केसी र उनका प्रतिनिधिले आपत्ति जनाउँदै अएका छन् ।