बुढीगण्डकी आयोजनाको निर्णय खारेज गर्न सरकारलाई निर्देशन

1891
views

काठमाडौ, ९ असोज । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् ।
अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनिया कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए ।
संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धमा मन्त्रिपरिषद,उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र नेपालमा जलविद्युत क्षेत्रमा असफल सावित चिनिया कम्पनी गेजुवा समूहसँगको समझदारी प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने निर्णय गरेको हो । अर्थसमितिका सभापति प्रकाश ज्वाला र कृषि तथा जलस्रोत समितिका सभाति मोहन बरालको अध्यक्षतामा बसेको बैठकमा उर्जा राज्यमन्त्री शम्भुदास श्रेष्ठ सहभागी थिए ।