सेती नदीको खोंचबाट २२ बर्षिय युवाको उद्धार

2196
views

पोखरा, ९ असोज । सेतीनदीको खोचमा परेका एक युवालाई सुरक्षाकर्मीको समुहले उद्धार गरेका छन । पोखराको पृथ्बीचोक बसपार्क कृष्णटोलका २२ बर्षीय मनोज सुनार (चाईना) लाई सेतीनदीको खोंचबाट उद्धार गरेका हुन् । उनको उद्धारका लागि सुरक्षाकर्मीको टोलीलाई झण्डै साढे घण्टा लागेको थियो ।
पोखराको चाईना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिम पट्टिको भागको सेतीनदीको खोचमा सुनार पुगे पछि बिहान सुनारलाई पुलमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबपछि सुरक्षाकर्मीको तिनैवटा अंग (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल) परिचालन भएको थियो ।
मनोजको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उद्धार पछि उनलाई पोखरा हस्पिटलमा लगिएको थियो । उनको थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ । आइतबार बेलुका ५ बजेसम्म घरमै रहेका सुनार ५ बजे पछि घरबाट बेपत्ता भएको उनका बाबु दिपक सुनारले बताए । उद्धारमा पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी गण पार्दीको रेस्क्यू टोली, पोखरा मालेपाटनको शसस्त्र प्रहरी बल कालिका गणको क्षेत्रिय विपद् व्यबस्थापनको टिम र नेपाली सेनाको कालिभन्जनको रेस्क्यू टिमले उद्धार गरेको प्रहरीले जनाएको छ ।