फलेवास नगरपालिकाले गर्यो सय दिनका उपलब्धी सार्वजनिक

2017
views

महेन्द्र जिसी
पर्वत, ९ असोज । स्थानीय निकाय कार्यान्वयमा आएको सय दिन पुरा भएको अवसरमा फलेवास नगरपालिकाले यस समयमा भएका उपलब्धीहरुको सार्वजनिक गरेको छ । नगर प्रमुख पदमपाणी शर्माले समग्र नगरको विकासको गुरु योजना निर्माणको थालनी तथा सामुदायीक शिक्षामा देखीएको चुनौती र स्वाथ्यका क्षेत्रका २३ भन्दा बढी काम अगाडी बढाईसकेको बताउनु भयो ।
पत्रकार भेटघाट गर्र्दै शर्माले कच्चीबाटो रहेको नगरमा सडक सुचारु गराउन सडको मर्मतको काम अगाढी बढेको जनाउँदै शिक्षामा चासो बढाएको बताउनु भयो । नगरपालिकाले शिक्षा पर्यटन, तथा वृहत जलविद्युतका क्षेत्रमा काम अगाढी बढाइएको समेत जानकारी गराएको छ । शर्माले प्रथम चौमासीकको काम सार्वजनिक गर्दै सर्शत वित्तिय अनुदान कार्यक्रमको ११ करोड ६४ लाख १६ हजार र सामाजिक सुरक्षा तर्फको २ करोड १९ लाख ५६ हजार खर्च निकासा गरीसकेको बताए । उनले चालु अनुदान आन्तरीक राजस्व दुई लाख ४६ हजार तीन सय संकलन गरेको बताउादै शिक्षक स्वाथ्य आयुर्वेदका कर्मचारीको तलव सुविधाको लागि ६ करोड ७९ लाख २९ हजार निकासा भईसकेको बजानकारी दिए ।
कार्यालयले भौतिक संरचना कर्मचारी तथा भौगोलिक विकटताको चुनौतीमा पनि काम गर्न सफल रहेको जनाएको छ । कार्यकारी अधिकृत मोती सापकोटाले अन्य स्थानीय निकायको तुलनामा फलेवास नगरपालिकाले उत्साहजनक काम गरेर नमुना प्रस्तुत गरेको बताए ।