माओवादीसँगको तालमेल मुख्य प्राथमिकतामा– नेपाल

1690
views

चितवन, १० असोज । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको तालमेल मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । नेता नेपालले माओवादीले माने कार्यगत एकता गर्न एमाले तयार रहेको बताबताउनुभयो ।
एमाले चितवनको प्रशिक्षण कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका नेता नेपालले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वाम एकता अहिलेको आवश्यकता भएको बताउनुभयो । यसका लागि एमाले प्रयासरत रहेको जानकारी दिनुभयो ।
नेता नेपालले भन्नुभयो, ‘बामपन्थी तालमेलको सम्भावना प्रबल छ, माओवादी तयार भए राष्ट्रिय रुपमा तालमेल गर्न तयार छौं नत्र प्रदेश र जिल्ला तहमा तालमेल हुने सम्भावना छ ।’
आगामी प्रदेश र संघीय निर्वाचनमा माओवादीले काग्रेससँग तालमेल नगरे एमालेसँग हुने सम्भावना धेरै रहेको उउहाँले जनाउनुभयो । प्रदेश २ प्रमुख र उपप्रमुख पदमा एमाले पछि परे पनि समग्र पदमा एमाले दोस्रो स्थानमै रहेको नेपालको दबाबी छ ।