बोलेरो दुर्घटनामा ६ को मृत्यु, ११ जना घाईते

1814
views

काभ्रे, १० असोज । काभ्रे रोशी गाउँपालिका–३ शिखरआम्बोटेस्थित निङगालेमा मंगलबार बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यू हुनुका साथै ११ जना घाइते भएका छन् । बा १४ च ९५५६ नम्बरको बोलेरो विहान बनेपाबाट डाँडापारि जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गाडिमा १७ जना सवार रहेको उक्त बोलेरो जोखिमयुक्त सडकका कारण दुर्घटना भएको हुनसक्छ । ‘घटनामा ६ जनाको मृत्यू भएको छ बाँकी ११ जना घाईतेलाई हेलिकप्टरबाट उद्धार गरि अस्पताल लगिएको छ ।’
स्थानीहरुका अनुसार जिल्लाको डाँडापारि सडक सञ्जालले जोडन् नसकिरहेको क्षेत्रमा सडक पुगेको ठाउँसम्मको लागि दशैंमा घरजानेहरुले सो बोलेरो रिजर्भमा लगेको बुझिएको छ । घाईतेहरुलाई उपचारको लागि काठमाडौंमा लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।