भजन किर्तन र नाचगान सहित शिवको मुर्ति भित्र्याइयो

2071
views

निर्मल पौडेल
पर्वत, ११ असोज । नवदुर्गाको अवसर पारेर पर्वतको फलेवास नगरपालिका–७ को शिव मन्दिरमा वुधवार भजनकिर्तन नाचगान सहित भगवान शिवको मुर्ति भित्राइएको छ ।
२०७२ सालमा चन्दा संकलनवाट एकलाख ५६ हजारको लागत र करिव एकलाख बरावरको जन श्रमदानबाट निर्माण गरिएको मन्दिरमा आज मुर्ति भित्राईएको हो ।
उक्त मुुर्ति फ.न.पा ७ लिमिठानाका वडा अध्यक्ष हरिराम रेग्मी, मन्दिर निर्माण समितिका अध्यक्ष भिम प्रसाद रेग्मी र पण्डित विक्रमराज पन्तको हातबाट भित्रयाइएको हो । लिमिठानाका करीव एकसय पचास जनाको सहभागितामा आँटीघरे भजनमण्डली सहितको टोलीले मुर्ति भित्रयाइएको पुजारी केशर पन्तले जानकारी दिए ।
पुरानो जन्मथलो लिमिठाना भएका र अहिले कैलालीमा बस्दै आएका भोजराज उप्रेतीले उक्त मुर्ति प्रदान गर्नुभएको थियो ।
धर्मालम्बीहरुले पुरानो संस्कृति र मुल्यमान्यताको संरक्षण गर्दै वडा दशैंकोअवसरमा उक्त मुर्ति भित्रयाइएको वडा अध्यक्ष हरिराम रेग्मीले बताए । रेग्मीले भने ‘अहिले पनि नेपालमा धर्मालम्बीहरुको वाहुल्याता छ यहि बाहुल्यताका आधारमा धर्ममान्नेहरुले धर्म र संस्कृतिको जगेर्ना सँगै भाईचाराको विश्वास समेत पैदा गर्ने हुँदा लिमिठानामा शिवको मुर्ति भित्र्याइएको हो ।’ मुर्ति भित्र्याइएसँगै श्रदालुहरुको दिनभर भिड लागेको थियो ।