पर्यटक केन्द्रित ‘ब्लु एञ्जल’ रिसोर्टमा स्विमिङको क्रेज

1955
views

पर्वत, १२ असार । पर्यटकीय सुविधालाई मध्यनजर गर्दै डेढ करोड रुपैयाँको लागतमा सञ्चालित ब्लु एञ्जल रिर्सोटमा स्विमिङको आकर्षण बढेको छ ।
धौलागिरि अञ्चलकै पहिलो स्वीमिङ पुल सहितको उक्त रिर्सोटमा पर्यटकहरुको आर्कषण बढेको हो । सदरकुमाम कुश्माका तीनजना युवाको संयुक्त लगानीमा कुश्मा नगरपालिका–४ को छमर्केमा सञ्चालित उक्त रिर्सोटमा देशभित्रका पर्यटक समेत स्विमिङका लागि आउने गरेको सञ्चालक आलोक श्रेष्ठको भनाई छ ।
धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्ला मध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुल सहितको रिसोर्ट यो नै पहिलो र सुविधायुक्त भएकोले पर्यटकको आकर्षण बढेको विष्णुराज पुरीको भनाई छ ।
ब्लु एञ्जल रिर्सोटमा ७ फिट गहिराई, ७३ फिट लम्बाई र ३२ फिट चौडाई रहेको स्वीमिङ पुल, बाल उद्यान, चाइल्ड स्वीमिङ पुल समेत रहेको राजु शर्माले बताए ।
तिनजनाको संयुक्त लगानीमा सञ्चालित उक्त रिर्सोट मुस्ताङको मुक्तिनाथमा जाने तिर्थयात्रीहरुसँगै बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हो ।