गुल्मीमा नयाँ शक्ती नेपालका उम्मेदवारको टुङ्गो लाग्यो

2014
views

गुल्मी, २३ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नयाँ शक्ती पार्टी नेपाल गुल्मीले सर्वसम्वत रुपमा उम्मेदवार छनोट गरेको छ ।
गुल्मी क्षेत्र नम्बर १ बाट तेज बहादुर थापा र क्षेत्र नम्बर २ बाट गणेश कुवँरलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभाको समानुपातिक तर्फ जनक पन्थ र क्षेत्र नम्बर दुईबाट राजेन्द्र जिसीलाई उम्मेदवारको सिफारि गरेको छ । पार्टीले प्रदेशसभाको प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट सरोज कुमार गुरुङ्ग समानुपातिक तर्फ छत्रबहादुर सार्की रहेका छन् । क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ घनश्याम पाण्डेय र समानुपातिक तर्फ बास बहादुर थापा रहेका छन् ।
क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ पदमबहादुर खत्री र समानुपातिक तर्फ रेणु नेपाली, क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ ध्रुब कुँवर र समानुपातिक तर्फ खडेग बिक रहेको पार्टीले जनाएको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा गुल्मीलाई तीन निर्वाचन क्षेत्रबाट समायोजन गरि २ वटा क्षेत्र निर्धारण गरेको छ भने प्रदेश सभामा ४ वटा क्षेत्रमा बिभाजन गरेको छ ।