बाबुरामको बार्गेनिङः १५ सिटमै खिचलो

1345
views

काठमाण्डौ, २४, असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको चुनावी तालमेलपछि सिट बाँडफाँडकै खिचलोमा रहेको छ । ६० र ४० प्रतिशतले अन्य दलको चित्त कसरत भएपनि कार्यदललाई हम्मे हम्मे परेको छ ।
सोमबार भएक विभिन्न चरणका छलफलहरु निष्कर्ष विहिन बनेका छन् । तीन दिनको समय पाएको कार्यदलको बैठक समेत बस्न सकेको छैन् ।
सहमति अनुसार कार्यदलले एमालेलाई ९९ र माओवादी केन्द्रलाई ६६ सिट बाँडफाँड गर्ने खाका तयार गरेको माओवादी निकट स्रोतले बताएको छ । शिर्ष नेताहरु कहाँबाट लड्ने टुंगो लागेपछि कार्यदलले काम अगाडि बढाउने कार्यदलका सदस्य वर्षमान पुनले बताए ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले कम्तिमा पनि १५ सिटमा बार्गेनिङ गरेका कारण कुरा मिल्न नसकेको कार्यदलको निष्कर्ष रहेको छ ।
राजपाबाट अलग भएर आएको त्रिपाठी समूहले पनि बढी भन्दा बढी सिटमा बार्गेनिङ गरिरहेको छ ।
एमाले र माओवादी केन्द्र नयाँ शक्तिलाई बढीमा ५ सिट दिन तयार रहेका छन् तर बाबुरामलाई मिलाउन गाह्रो भएको भन्दै बढीमा २० र कम्तिमा १५ सिट चाहिने बताइरहेका छन् ।