सामुदायिक विद्यालयमा नगरपालिकाको चासो

शैक्षिक स्तर सुधार गर्न सुझाव

1495
views

महेन्द्र जिसी
पर्वत, २४ असोज । सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर कम्जोर बन्दै गएपछि कुश्मा नगरपालिकाले नगर भित्रका विद्यालयहरुको शैक्षिक भौतिक र प्रशासनिक अनुगमन थालेको छ ।

अनुगमनका क्रममा विद्यालयहरुले पालना नगरेका नियम तथा सर्तहरु पुरा गराउन लिखित सुझाव दिइएको छ । नगरपालिकाकाले अब हुने अनुगमनमा उल्लेखित सुझावको विषयमा सुधार नभए ऐन अनुरुप सेवा सुविधा कटौती सहित कार्वाही गर्ने नगर शिक्षाले जनाएको छ ।

अनुगमनका क्रममा सामुदायिक विद्यालयका शिक्षकहरु नियमीत रुपमा विद्यालय नपुगेको, शिक्षण समाग्री विना अध्यापन गराउने गरेको, समय अगावै कक्षाबाट बाहिरीने गरेको साथै बार्षिक कार्य योजना नबनाई अध्यापन गराउँदै आएको अनुगमनमा पाइएको छ ।

अनुगनम टोलिका संयोजक समेत रहेका  जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत  राजेन्द्र बहादुर क्षेत्रीका अनुसार अनुगमनमा भेटीएका कमजोरी सुधार्न लिखित सुझाव दिइएको छ । उनले कालिका मावि खुर्कोट, खरीवोट मावि पाङ, नुवार सुवेदी थर मावि पाङ, पञ्चकोशी मावि आर्थर, खौलालाकुरी मावि खौला, जनता सुदर्शन मावि ठुलीपोखरी, जन कल्याण प्रावि आर्थर, प्रगती प्रावि, सरस्वती प्रावि लगायतका विद्यालयहरुको अनुगमन गरीएको बताए ।

अनुगमनमा प्रावि तहमा विद्यार्थीहको अभाव तथा मावि तहमा गुणस्तरीय शिक्षा खस्किदो अवस्थामा पुगेको अनुगमन टोलीले निश्कर्ष निकालेको छ ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले नियामक निकायमा बोलाएर शिक्षकहरुलाई विभिन्न तालिम तथा शैक्षिक समाग्रीहरु उपलब्ध गराएको भएपनि कक्षामा नभित्रिएको बताउँदै अनुगमनमा भेटिएका कमजोरीहरुलाई सुधार्न प्रथम पटक सुझाव दिइएको बताए ।

अनुगमनमा विज्ञान प्रयोगशालाको प्रयोग नभएको तथा कम्प्युटर शिक्षा प्रभावकारी नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
अनुगमनमा विद्यार्थीको शिक्षण विकास र कक्षाको भौतिक संरचना तथा पुस्तकालयको उपयोग समेत नभएको पाइएको छ ।

अनुगमनका क्रममा गैर जिम्मेवार शिक्षकहरुले राजनीतक संरक्षण पाउनु तथा आर्थिक चलखेलमा सरुवा बढुवा हुनु लगाएतका कारणले पनि सामुदायीक विद्यालयहरुको शैक्षिक स्तरमा सुधार नभएको अभिभावकहरुले गुनाासो गरेका छन् ।