चर्चित गायिका जस्ले तन्नेरीलाई सोधिन् बैँस फर्काउने तरिका

2129
views

पुरन प्रभात
बाग्लुङ, २४ असोज । पछिल्लो समयकी चर्चित लोक दोहोरी गायिका जुना श्रीसले अचम्मै गरेकी छिन् । उनले गोबिन्द कालालाई बैँस फर्काउने तरिका सोधेपछि यसको छर्छा निकै भएको छ ।
गोबिन्द काला बरेङ गाउँपालिका वडा नं १ धुल्लुबास्कोटका हुन् । उनी लामोसमय देखि गित संगीतमा लागि परेका लोक दोहोरी गायक एवम् सर्जक पनि हुन । यिनै युवालाई गायिका जुना श्रीसले ‘बैँस फर्काउने तरिका’ सोधेकी हुन् । यो सबैकुरा वास्तविक नभई गायक एवम् सर्जक गोबिन्द काला मगरले बजारमा ल्याएको लोक दोहोरी गितमा रहेका शब्द हुन् । ‘कति मिठा दिनहरु गए, कस्ले सक्छ समाउन समय, सुनियो कुरा धेरै थरिका यत्ती भन कसैले.. गाको बैँस फर्काउने के छ तरिका ।’
सुमधुर लय, शब्द र स्वरमा सजिएको यो लोकदोहोरी गितमा स्वर गोबिन्द काला मगर र जुना श्रीस, शब्द गोबिन्द काला लय के बि पुन, अभिनय नरु थापा र बिनु थापाको रहेको छ ।
यो गितको निर्देशन पनि गोबिन्द काला आफैले गरेका हुन भने यो गितको म्युजिक एरेन्ज मन रोकाले गरेका हुन ।