चुनावको सुनिश्चितता गर्न देउवा सरकारलाई सर्मथन–कमल थापा

2009
views

विराटनगर, २४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा सरकारलाई आफुहरुले निर्शत समर्थन गरेको प्रष्ट पार्दै सरकारमा जाने कुरा निराधार भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले सरकारमा सहभागी दल माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारणले मात्र राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको बताए ।
उनले तोकिएको समयमा चुनाव गराउने एक मात्रै शर्त आफ्नो पार्टीको रहेकाले मन्त्री बन्नका लागि पार्टीले सरकारलाई सर्मथन नगरेको बताए । माओवादीले एमाले लगायतका दलहरुसँग गरेको सत्ता गठबन्धनले निर्वाचन नहुने आशंका उत्पन्न भएको भन्दै अध्यक्ष थापाले चुनावको शुनिश्चितताको लागि आफुहरुले देउवा सरकारलाई सर्मथन गरेको प्रष्ट पारेका थिए ।