मेरो काम नै पुरानोको ध्वंस र नयाँको निर्माण–प्रचण्ड

1168
views

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानोको ध्वंस नभई नयाँको निर्माण नहुने बताएका छन् । बुधबार राजधानीमा आयोजित नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता घोषणा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले समाज परिवर्तनका लागि हरेक क्षेत्रमा नयाँको शुरुवात र पुरानोलाई ध्वंश गर्दै क्रान्तिकारी परिवर्तन ल्याउनेमा विश्वास गरेको बताए । प्रचण्डले गतिशिल मानिसमा वहस सिर्जना गर्ने, समाजमा नयाँ तरङग पैदा गर्ने काम पनि गरेको बताए । प्रचण्डले माक्र्सवादलाई आफुले जसरी बुझें त्यसरी नै पार्टीले समेत बुझेकोले मेरो काम नै पुरानो भत्कयाउने र नयाँ जगाउनेमा केन्द्रित रह्यो उनले भने ।
उनले ‘२०४६ सालको एतिहासिक जनआन्दोलन पूर्व एउटा घटकको महामन्त्री बन्ने अवसर पाउँदा आफू महामन्त्री भएको पार्टी नै भत्क्याएको बताउँदै भने
एकता केन्द्र भत्काएर मसाल भन्ने पार्टी बनाएँ त्यसको पाँच वर्ष चलाएपछि मैले एकता केन्द्र पनि भत्काएँ र माओवादी बनाएँ । १० वर्ष जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादी बनाएँ, अनि केही वर्ष एकीकृत माओवादी भएपछि अहिले त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौँ ।’ अब केही समयमा नै यो पनि भत्क्याएर नयाँ पार्टी बन्ने बताए ।
प्रचण्डले पुरानो भत्याउँदै आउँदा ‘कम्युनिस्ट एक हुन सक्ने आधार बनेकोले नेपालबाट समाजवादको नेतृत्व गर्न सकिन्छ भन्ने परिकल्पना भएको पनि जानकारी दिए ।