प्रदेश शभामा काठमाडौं ६ बाट नेता बस्नेत सिफारिस

2113
views

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर–६ ‘ख’ बाट प्रदेश सभामा नेता सरोज कुमार बस्नेतलाई सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस भएका बस्नेत विगत लामो समयदेखि पार्टीमा सक्रिय व्यक्ति हुन् । साविक मनमैजु गाविस तथा हाल तारकेश्वर नगरपालिकाका स्थानिय बस्नेत समाजसेवीका रुपमा चिनिन्छन् ।

लामो समयदेखि नै नेपाली कांग्रेसमा रहेर निरन्तर राजनीतिक र सामाजिक सेवामा क्रियाशिल बस्नेत स्थानीय क्षेत्र र कार्यकर्तामाझ पनि लोकप्रिय छन् । पार्टीका विभन्न संघ संस्थामा आवद्ध बस्नेतले व्यवासयी संघ संस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । बस्नेतसँगै काठमाडौं ६ बाट पाँच जना नाम सिफारिसमा परेका छन् ।

पाँचजनामध्ये बस्नेतलाई बलियो उम्मेदवारको रुपमा लिइएको स्थानीयहरु नै बताउँछन् । पार्टीले बस्नेतलाई टिकट दिएको खण्डमा उनको जीत शुनिश्चित रहेको पनि स्थानीय कार्यकर्ताहरुको भनाई छ ।