उपभोक्तालाई साझा नियम कार्यान्वयन गराउन खानेपानी तथा ढल निकास विभागका सचिवको निर्देशन

1672
views

महेन्द्र जिसी । शहरी विकास मन्त्रालय खानेपानी तथा ढल निकास विभागका सचिव कृष्णराज विसीले दिगो विकास लक्ष्य हाँसिल गर्ने गरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई कार्यालय पर्वतको निरीक्षण अवलोकन गर्दे विसीले उपभोक्ता समितिहरुलाई साझा नियम बनाएर कार्यान्वयन गराउन निर्देशन गर्नुभएको हो । उहाँले सरकारी लक्ष्य अनुसार आयोजना सम्पन्न गराएर गरीबीको रेखामुनी रहेका सर्वसाधारणलाई स्वच्छ खानेपानीको पहूँच विस्तारमा लाग्न सुझाउनु भएको हो ।
विसीले ९ सय ५० आयोजना सम्पन्न भईसकेर खोनपानीको क्षेत्रमा ९२ दशमलव ५१ प्रतिशत पहुँच विस्तार भएको जिल्लामा सुक्ष्म अध्ययन गरेर पुराना आयोजना मर्मत तथा सञ्चालनमा पहल गर्न कर्मचारीहरुलाई आग्रह गर्दै भन्नुभयो ‘उपभोक्ता समितिहरु मार्फत सञ्चालीत आयोजनामा साझा नीतिको अबधारणा अपनाएर एकै पद्धति मार्फत आयोजना सञ्चालन गरी दिगो समस्या समाधानमा गर्न आवश्यक छ ।’
उहाँले उच्चभेगीय बस्तीमा बसोवास गर्ने समुदायमा लक्षित अयोजनाहरुको पहल गर्न कार्यालयलाई आग्रह गर्दै स्थानीय तह कार्यान्वयमा आएकोले निर्वाचित जनप्रतिनिधिहरुको माताहतमा रहेर देखिएका प्राविधिक समस्याको हल गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
निरीक्षण टोलिमा क्षेत्रीय निर्देशक उमा शंकर शर्मा, नन्दलाल बन्जाडे, विभागका ईन्जीनियर ईश्वरी शर्मा, शिवहरी आचार्य लगायतको टोली रहेको थियो । सो अवसरमा जिल्ला खानेपानी तथा सरसफाई कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले जिल्लामा खानेपानीको अवस्थामा बारेमा प्रष्ट्याउनु भएको थियो ।