गुल्मी २६ असोज । गुल्मीमा वन्यजन्तुबाट क्षति भएकाहरुलाई राहत वितरण गरिएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा बन्यजन्तुबाट मानविय तथा चौपायाहरुमा क्षति भएका ४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको हो ।
वन्यजन्तुबाट घाइते गुल्मी मदाने गाउँपालिका–७ निवासी भरत पन्थी, गुल्मीदरवार गाउँपालिका–५ का नरबहादुर खड्का, सोहि गाउँपालिका वडा नम्बर ६ का ज्योति श्रेष्ठ, संगिता खड्काले राहत पाएका हुन् । बदेलबाट घाइते भएका भरत पन्थीले रु १ लाख पाएका छन् ।
यस्तै नरबहादुर खड्काले १९ हजार ५ सय, ज्योति श्रेष्ठले रु २० हजार, र संगिता खड्काले १० हजार राहत पाएका हुन् । राहत पाउँने ४ जनालाई प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, जिल्ला वन अधिकृत बिशाल घिमिरेले चेक मार्फत सो रकम हस्तानान्तरण गरेका थिए ।
राहत हस्तातरण कार्यक्रममा प्रजिअ गोपाल अर्यालले कुन वन्यजन्तुबाट कसरी आक्रमण गर्छ, कसरी बच्ने जस्ता बिषयमा सबैलाई जानकारी दिने ब्यावस्था मिलाउन वन कार्यालयलाई आग्रह गरेका छन् ।