गोली हानी हत्या गरिएका गौचनको शव परिवारले बुझ्ने

671
views

असोज २६ गते । गोली हानि हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव सहमति पछि आज परिवारले बुझ्ने भएको छ ।

सोमबार निधन भएका गौचनका हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।

गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने र व्यावसायिको सुरक्षा दिने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताए ।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।