पूर्वप्रधानमन्त्री चन्दका बाबु–छोरा बैतडीबाट सिफारिश

932
views

बैतडी, २६, असोज । राष्ट्रिय प्रजातन्त्र पाटीका लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि बैतडीबाट सिफारिश हुनुभएको छ । पूर्व प्रधामन्त्री समेत रहनुभएका चन्दलाई बैतडीबाट सिफारिस गरिएको हो । उहाँको घर सुर्नया गाउँपालिका–२ बाशुलिङ्ग हो ।
राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दका अनुसार चन्दसँगै उहाँका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिक तर्फ केन्द्रिय समितिमा सिफारिश गरिएको हो ।
यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिश गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ ।
क्षेत्र नं २ बाट समानुपातिकतर्पm चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ । बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् ।