राष्ट्रपति भण्डारी सुदूरपश्चिमको भ्रमणमा

1347
views

बैतडी, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी (सुदूरपश्चिम) को भ्रमणमा आउनुभएको छ । राष्ट्रपति भण्डारी प्रदेश नं ७ सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिनुभयो । राष्ट्रपति आज नै डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।’
उहाँ आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको भए पनि कार्य व्यस्तताले अरू जिल्लाको भ्रमण गर्न नसकिने बताइएको छ । राष्ट्रपति भण्डारी दुईदिने भ्रमणका लागि बुधबार सुदूरपश्चिमको डोटी आइपुग्नुभएको हो ।