इजीलिंक रेमिट्यान्स र कैलाश विकास बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता

1143
views

रिना खनाल
काठमाण्डौ, २६ असोज । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ देशमा रेमिट्यान्स भित्राउँदै आएको सेवाप्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा।लि। र कैलाश विकास बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र अपरेशन प्रमुख सालीक राम दाहाल तथा कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्य संचालन अधिकृत बिमल कुमार तिमिल्सिना र अधिकृत कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौतापछि अब विश्वका विभिन्न देशहरुबाट साथै देशभरि जुनसुकै स्थानहरुबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम कैलाश विकास बैंकका देशभरी रहेका ३८ शाखाहरुबाट सजिलै भुक्तानी लिन र सिधै आफ्नो खातामा जम्मा गर्न सकिने भएको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्स मार्फत विदेश तथा स्वदेश बाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्रयाउन यो सम्झौताले थप सहज बनाउने इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रबैंक बाट १ नम्बरको इजाजत प्राप्त रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ साथै आन्तरिक विप्रेषण (Domestic Remittance) सेवा पनि शुरु गरेको छ ।

आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीब्र पारेको छ । इजीलिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको र यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ४००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी दिनुभयो ।