स्व. गौचनको पार्थिब शरिरमा प्रधानमन्त्री देउवाद्वारा अन्तिम श्रद्धाञ्जली

1407
views

काठमाडौँ २६ असोज । गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यावसायि महसंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
महासंघको अनामनगर कार्यालयमा पुगी प्रधानमन्त्री देउवाले गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गर्नुभएको थियो ।
स्व. गौचनको स्व. गौचनलाई श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुग्नुभएको थियो ।
अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो ।
बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनुभएपछि आज गौचनको शवलाई परिवारले बुझेका महासङ्घका एशोसिएट सदस्य शिवहरि घिमिरेले बताए । स्व. गौचनलाई अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ ।