‘प्रचण्डले लव गरे एउटासँग, लगन गाँठो बाँधे अर्कैसँग’ –लोकन्द्र विष्ट

1660
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २७ असोज । साच्चै आजकल प्रेमिकाहरुले प्रचण्डलाई धोकवाज भन्न थालेका छन् । प्रचण्डले आफ्ना प्रेमिकाहरुलाई यसरी किन धोका दिए खै त्यो त लव गर्नेहरुलाई नै थाहा होला ।

पार्टीभित्र निकै माया गर्ने उनका कार्यकर्ताले अर्कैसँग लगन गाँठो बाधेको बताउँदै असन्तुष्ट व्यक्त गरेका छन् । एमाले र माओवादी केन्द्रबीच चुनाव हुँदै पार्टी एकता गर्ने सहमति भएपछि माओवादी केन्द्रभित्र पैदा भएको दरार क्रमश छताछुल्ल हुँदै गएको छ ।

गोपाल किराँतीले त विद्रोह नै गरिहाले भने अर्का प्रभावशाली नेता लोकेन्द्र विष्टले पनि एमालेसँगको लगन गाँठोलाई लव गर्ने कार्यकर्तालाई धोकाको संज्ञा दिएका छन् । माओवादी आन्दोलका राप्तीका सबैभन्दा जेष्ठ नेता लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेको घोषणा गर्दै यस्तो बताएका हुन् ।

नेता विष्टमगरले आफूले माओवादी केन्द्रको साधारण सदस्यबाटै राजिनामा दिएको बताएका छन् । अब आफू एमाले र माके एकतापछि बन्ने पार्टीमा पनि सहभागी नहुने घोषणा गरेका हुन् । पार्टीमा झण्डै ४० बर्ष काम गरेका विष्टले स्वतन्त्र भएको खुलासा गर्दै भने न म प्रचण्ड र ओलीको एकता हुने पार्टीमा हुन्छु न प्रचण्डको पार्टीमा ।

नेता विष्टले पार्टी अध्यक्ष प्रचण्डलाई वाम ध्रुविकरण सम्बन्धी १० बुँदे आरोप लगाउँदै दोह¥याए ‘लभ गर्ने एउटा सित, लगनगाँठो अर्कैसित, भन्ने एउटा गर्ने अर्कै, ओठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने, दिनलाई रात रातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात विर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहीदको रगत र लाशमाथि आफ्नो निजी र निहित स्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति’ प्रचण्डले देखाए पूर्व पर्यटनमन्त्री समेत भइसकेकाविष्टले भने ।