बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार

1216
views

असोज २७ गते । संयुक्त राष्ट्रसंघ म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सख्या ५ लाख ३६ हजार पुगेको छ । गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेका छन् । अहिले बंगला देशमा रोहिङ्गा शरणार्थीको संखया ५ लाख ३६ हजार रहेको राष्ट्रसंघ प्रवक्ता फारहान हक जनाउनुभयो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गर्नुभएको पनि हकले बताउनु भएको छ ।
द्वन्द्व अन्त्य भएको खण्डमा शरणार्थीहरु आफ्नो देश फर्किन पाउने भएकोले सो वातावरण निर्माणमा संयुक्त राष्ट्रसंघ लाग्ने पनि हकले बताउनुभयो ।
म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन् ।
सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाई रहेको छ । तर सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ ।