मन्त्रीपरिषद विस्तार, राप्रपा सरकारमा जाँदै

1669
views

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा सरकारमा सहभागि हुन लागेका हुन् । थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री कार्यालयले चार जनाको नाम शुक्रबार दिउँसो राष्टपति कार्यालयमा पठाइसकेको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ । उनिहरुको शनिबार सपथ ग्रहण हुनेछ । उनीहरुलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइनेछ । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ ।
राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराईको नाम पनि राप्रपाले पठाएको छ ।