एनआरएनको विश्व सम्मेलन काठमाडौंमा सुरु

812
views

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल हायातमा शनिबारदेखि सम्मेलन सुरु भएको हो । राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेको सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीको समेत सहभागिता रहेको थियो ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने कार्यक्रम रहेको छ । नयाँ नेतृत्वका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्की मैदानमा रहेका छन् ।