मन्त्रि फिर्ता बोलाउने औपाचारिक छलफलमा माओवादी केन्द्र

711
views

काठमाण्डौ, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिमण्डल बिस्तार गरेपछि माओवादी केन्द्र सरकारबाट बाहिनिे विषयमा छलफलमा जुटेको छ । उसले सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने विषयमा छलपलमा जुेको हो ।
प्रचण्ड निवास लाजिम्पाटमा सरकारबाट बाहिरिने औपचारिक निर्णयका लागि पार्टीका शिर्ष नेताको बैठक चलिरहेको छ ।
शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित ८ मन्त्री थप्ने तयारी गरेलगत्तै साँझ माओवादी केन्द्रका मन्त्रीहरु र अध्यक्ष प्रचण्डबीच पार्टीको आगामी कदमका विषयमा छलफल भएको थियो । छलफलमा पार्टी अध्यक्षसहित बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिती रहेको थियो ।