नवनियुक्त मन्त्रीहरुको सपथ साँझ, बाम चुनावी तालमेलपछि प्रधानमन्त्री देउवाको कदम

माओवादी मन्त्री हटाउने, राप्रपा सरकारमा सहभागी गराउने

946
views

काठमाडौं, १७ असोज । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ । निर्वाचन आयुक्तसँग राष्ट्रपतिको परामर्शपछि नवनियुक्त मन्त्रीहरुको सपथको समय तय भएको छ । प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीपरिषद गठन गर्ने तयारीपछि शीतल निवासमा मन्त्रीपरिषद् विस्तारको पत्र पुगेको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले दिएको जानकारी अनुसार मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको छ ।
प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा लैजाने निर्णय गरेका थिए । शेर बहादुर देउवामा नेतृत्वमा सहभागी माओवादी मन्त्रीहरु सरकारबाट हट्ने छ ।
आजै नेकपा माओवादी केन्द्रको बैठकले देउवा नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय सहित सरकारबाट नहट्ने निर्णय समेत गरेको छ । माओवादीले निर्वाचनलाई नै मुख्य बटमलाईन बनाउदै देउवालाई दिएको समर्थन फिर्ता नगर्ने जनाएको थियो ।
नेपाली काँग्रेस र माओवादीको गठबन्धनमा बनेको सरकार माओवादी केन्द्र–एमाले र नयाँ शक्तिकाबीच चुनावी तालमेल र र्पाी एकता समेतको निर्णय भएपछि देउवाले यस्तो निर्णय गरेका हुन् ।
विस्तारीत मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष कमल थापा सहित राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।