कमल थापासहित चार मन्त्रीले लिए शीतल निवासमा सपथ

757
views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापासहित चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री थापासहित चार मन्त्रीलाई सपथ गराएकी हुन् ।
सपथ लिनेमा मन्त्रीहरु जयन्तबहादुर चन्द, दिननाथ गिरी र विक्रमबहादुर थापा रहेका छन्। नवनियुक्त तीन मन्त्रीलाई भने कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन।शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाबाट एक उपप्रधानन्त्रीसहित तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए। शनिबारको मन्त्रिपरिषद् विस्तार सँगै अब देउवा नेतृत्वको सरकार ६४ सदस्यीय बनेको छ ।