गोरखामा नेकपा (क्रान्तिकारी माओवादी) का नेता अधिकारीको उम्मेदवारी सिफारिसले मुख्य तीन पार्टीमा त्रास

1040
views

गोरखा । युवा नेता नारायण अधिकारी ‘निश्चछल’ को उम्मेदवारी दिने निर्णयले गोरखामा चर्चाको विषय बनेको छ । मुलुकलाई कायाप्लट गर्ने परिकपल्नासहति जनयुद्वका हरेक घुम्ति पार गर्दै राजनीतिमा होमिएका अधिकारीको उम्मेदवारीलाई मुख्य त नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले चासोका साथ हेरेको स्थानीयको भनाई छ ।
गोरखा अजिरकोट गाउपालिका–३ हंशपुर निवासी हुन् अधिकारी नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट चुनावी मैदानमा होमिने निर्णयले यतिबेला गोरखामा सनसनी मच्चिएको हो ।
विगतमा पार्टीमा भारतीय ‘र’ सँग सम्बन्ध राख्ने भनिएका विपक्षी नेताहरु र जनतालाई प्रलोभन देखाएर चुनाव जित्ने तर केही नगर्ने नेताहरुको भिडमा सर्वहारा वर्गको पक्षमा एकाएक उदाएका युवा नेता अधिकारीले विभिन्न एजेण्डा सहित उम्मेदवारी दिने निर्णयले मुख्य दलको पार्टी हेर्डक्वाटरलाई समेत सोंच्न बाद्य बनाएको छ ।
गोरखामा बाम एकता मार्फत नेकपा माओवादी केन्द्रका उच्च नेता उठ्ने निर्णय भईरहेका बेला नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट अधिकारीको उम्मेदवारी दिने घोषणाले माओवादी केन्द्रको हेर्डक्वाटरमा समेत त्रास फैलिएको माओवदी केन्द्र निकट स्रोतको भनाई छ ।
माओवादी केन्द्र मार्फत गोरखा–२ मा उम्मेदवारी उठ्ने निर्णय गरेका सो पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले धक्का महसुस गरेको स्रोतको दाबी छ ।
प्रतिनिधिसभा चुनाबको लागि गोरखा–२ मा केन्द्रिय सदस्य नारायण अधिकारीलाई उम्मेदवारी दिने निर्णय गरेपछि त्यसको विपक्षी दलहरुको उच्च तहमा चर्चा भएको छ ।
अधिकारीको सम्पूर्ण परिवार कम्युनिष्ट आन्दोलनमा लागेको ईतिहासले माओवादी केन्द्र, नयाँ शक्ति र अन्य दललाई छायाँमा पार्ने अवस्था खड्किएको स्रोतको भनाई छ । मुख्या त गोरखामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको त्रिकोणत्मक प्रतिष्पर्धा हुने स्थानीयको भनाई छ ।
यस्ता छन् अधिकारीका चुनावी एजेण्डाः–
–नेपाल अहिले ‘तेस्रो बिश्व’ भनेर चिनिएको छ त्यसलाई चरम विकास गरि ‘अर्को बिश्व’को परिकल्पना हो ।
–गोरखामा (क) पर्यटन उद्योग र कृषि उद्योग खोल्ने प्रतिबद्धता हो ।
–दरौंदी किनारमा चिनिया मोडेलको ब्यापारीक केन्द्र निर्माण गर्छु ।
–छेकम्पार–सिर्दिबास–उहिया–लाप्राक–वार्पाक हुँदै दरौंदिको किनारै किनार बाटो खोली चीन र भारत जोड्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
–चीनबाट तेल ल्याइ गोर्खामा कतयचभ गर्छु र भारतको बिहार र उतरप्रदेशका करिब ५० करोड जनतालाई तेल बिक्रि गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।
–जिल्ला सदरमुकाम निबेल फाँटमा बनाउछु ।
–निबेल सदरमुकाम बाट गोरखा दरबार र सिरानचोकमा केबल कार जोड्छु ।
–दरौंदीको पानी पलुङ्ग्टार लैजान्छु ।
–मुख्य गरि पर्यटन,कृषि, उद्योग, ब्यापार, शिक्षा र स्वास्थको पुर्वाधार बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।